झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बने एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बनेका छन् ।

शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

सो क्रममा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको उनले बताए ।