काठमाडौँ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे दिएको विवरणअनुसार बाढीमा परी रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतकमध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् भने एक जनाको पहिचान खुल्न सकेको छैन।
यस्तै, बाढीमा घाइते भएका ३६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना रहेका छन्।






