ट्रम्पका लागि आउने ४८ घन्टा ‘जोखिमपूर्ण’

असोज १८, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अस्पताल भर्ना भएको ४८ घन्टा ‘क्रिटिकल’ रहने चिकित्सकले बताएका छन् । सञ्चार संस्था सिएननले उनी भर्ना रहेका अस्पतालका चिकित्सकलाई उद्धत गर्दै अबको ४८ घन्टा उनका लागि जोखिमपूर्ण भएको उल्लेख गरेको छ ।

शनिबार बिहान पत्रकार सम्मेलनमा उनका चिकित्सकले यसो बताएका थिए । यद्यपि उनको अवस्था सुधारोन्मुख रहेको छ । पछिल्लो २४ घन्टायता उनलाई अक्सिन दिन बन्द गरिएको छ । उनलाई श्वासप्रश्वसमा सहज भएको छ । दुई दिन अघि ट्रम्प र उनकी श्रीमतीमा कोरोना पुष्टि भएको थियो ।

उनका निजी चिकित्सक डाक्टर सिन कोन्लीले ट्रम्पमा अहिले ज्वरो नरहेको र उनकी श्रीमती तथा प्रथम महिला मेलानिया ट्रम्पको अवस्था पनि राम्रो रहेको बताएका छन् । ट्रम्पको उमेर बढी भएकाले पनि उनी जोखिमयुक्त समुहमा पर्छन् । उनको उमेर ७४ वर्ष छ । (एजेन्सी)