असोज, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६४ हजार ६९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल संक्रमित मध्ये ७३.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।







