काठमाडौँ । नेपाली कांग्रेसले आगामी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। पार्टी सभापति गगनकुमार थापाले छठ पर्वपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको मिति तय गर्ने जानकारी दिएका हुन्।
छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बताए।
‘छठपछि केन्द्रीय कार्यसमितिको बैठक बस्छ। बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी निर्णय गर्ने तयारीमा छौँ,’ उनले भने, ‘जिल्ला अधिवेशन सम्पन्न भएको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने योजना छ। यसको अन्तिम टुङ्गो लगाउन भने बाँकी छ।’
थापाका अनुसार जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भएपछि कांग्रेस स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारीमा जुट्नेछ।





