४२ वर्षीय कोरोना सङ्क्रमितको निधन

असोज, १९ भरतपुर । सर्लाही, लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आइतबार साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिए ।

चितवनमै आज बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका – ७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।