भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार नाघ्यो

असोज, १९ काठमाडौं । भारतमा पछिल्लो विवरण अनुसार कोरोनाभाइरसबाट ९०२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृतकको संख्या ७१४ पुगेको छ ।

भारतमा अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

त्यहाँ ६६ लाख २२ हजार १८० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ संक्रमित थपिएका छन्। त्यस्तै ९०२ जनाको मृत्यु भएको छ।

अहिले त्यहाँ सक्रिय संक्रमित नौ लाख ३६ हजार १३ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।