असोज, १९ काठमाडौं । पछिल्लो समय अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको विवरणमा ३३० जनानको मात्र कोरोनाबाट मृत्यु भएको छ ।
२४ घण्टामा त्यहाँ ३३ हजार ३३९ संक्रमित थपिएका छन्।
अमेरिकामा कुल संक्रमित संख्या ७६ लाख ३६ हजार १८५ पुगेको छ। तीमध्ये दुई लाख १४ हजार ६०९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।







