घट्यो सुनको मूल्य, कसरी कारोबार भइरहेको छ ?

असोज, १९ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ४ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको छ ।