डोनाल्ड ट्रम्प ह्वाइटहाउस फर्किए

असोज २०, काठमाडौं ।
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन् । गत शुक्रबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनी सोमबार राष्ट्रपति निवास ह्वाइटहाउस फर्केका हुन् ।

यस अघि उनका चिकित्सकले उनी पूर्ण रूपमा निको नभए पनि घर जान सुरक्षित रहेको बताएका थिए । उनले ट्रम्पको स्वास्थ्यमा सुधार आइरहेको बताएका थिए । यद्यपि उनको संक्रमण अझै निको भइसकेको छैन ।

यद्यपि उनी ह्वाइट हाउसमा पनि उपचाररत रहनेछन् । अस्पतालबाट निस्किनु अघि उनले ट्विटरमा लेखेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्नेछु । फेक न्युजले केवल फेक पोल देखाउँछन् ।’

हालसम्म उनी र उनकी पत्नी मेलानिया ट्रम्पलाई कति दिन पहिले कोरोना पुष्टि भएको हो भन्ने विषय औपचारिक रूपमा बाहिरिएको छैन । तर शुक्रबार भएको भनी अमेरिकी सञ्चारमाध्यममा आएको थियो ।

अमेरिकी राष्ट्रपति भवनका कर्मचारीका अनुसार उनमा दोस्रो पटक पनि कोभिड–१९ पुष्टि भएपछि मात्र यो कुरा उनले औपचारिक रूपमा बाहिर ल्याएका थिए । त्यसपछि उनका कार्यालयका केही कर्मचारीमा पनि कोरोना पुष्टि भएको समाचार बाहिरिएको थियो ।
(एजेन्सी)