असोज २०, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ‘विकास ऋणपत्र’ जारी गरेको छ । कात्तिक मसान्तसम्ममा ५७ अर्ब आन्तरिक ऋण उठाउने सरकारको तयारी छ ।
ती ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछन् । सरकारका लागि आन्तरिक ऋण उठाइ दिने क्रममा राष्ट्र बैंकले विकास ऋणपत्र जारी गरेको हो ।
१० अर्ब रुपैयाँको ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने बताइएको छ । यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै सर्वसाधारण पनि सहभागी हुन पाउँछन् ।
सरकारले चालु बर्ष दुर्ई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । गत साताबाटै ऋण उठाउन सुरु गरिएको छ । सरकारका लागि राष्ट्र बैंकले कात्तिक मसान्तसम्म ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिने तयारीमा छ । यसमध्ये गत १२ गते २० अर्ब उठिसकेको बैंकले जनाएको छ ।
कात्तिकसम्म उठाउने कुल ५७ अर्बमध्ये ५० अर्ब विकास ऋणपत्रबाट उठाइने छ । बाँकी ७ अर्ब ट्रेजरी बिलमार्फत उठाइने छ । तीय सय ६४ दिने ट्रेजरी बिल दुई पटक जारी गरिनेछ । असोज २६ गते तीन अर्ब र कात्तिक चार गते ४ अर्बको जारी गर्ने राष्ट्र बैंकको तयारी छ ।







