तोलामा ४८ सयले घट्यो सुनको मूल्य, कतिमा हुन्छ काराेबार ?

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । 

आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।  गत शुक्रबार (फागुन २९) मा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ । 

शुक्रबार, पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।