सुनको भाउ तोलामा २२ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार (चैत ४) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ ।अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ  ।हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।