असोज, २१ काठमाडौं । नेपाली कांग्रेसले सत्याग्रहमा बसेका प्रा डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले केसीको सत्याग्रह आज २४ औं दिन पुग्दा समेत वार्ता टोली गठन नगरी बसेको भन्दै विज्ञप्ति निकालेको छ ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनसनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि ? लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?’








