उपत्यकामा थपिए १०९ जना कोरोना संक्रमित

असोज, २३ काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा एकैदिन १४०९ जनामा कोरोना संक्रमण देखियो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ११६ जनामा, ललितपुरमा १६३ जनामा र भक्तपुरमा १३० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लिखित विवरणअनुसार आजसम्म काठमाडौंमा कोरोना सङ्क्रमितको संख्या २९ हजार नाघेको छ। त्यस्तै भक्तपुरमा करिब ३ हजार पुगेको छ भने ललितपुरमा ४ हजार नाघेको छ।