अमेरिकी निर्वाचनमा खर्चको प्रतिस्पर्धा, हालसम्मकै महँगो निर्वाचन हुँदै

जानकारहरूका अनुसार यस पटकको अमेरिकी राष्ट्रपतीय निर्वाचन संसारकै सबैभन्दा महँगो हुने भएको छ । नोभेम्बर ३ तारिखमा अमेरिकाको राष्ट्रपतिको नयाँ निर्वाचन हुँदैछ छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी कार्यकारी प्रमुखको निर्वाचनमा झण्डै ११ बिलियन डलर खर्च हुनेछ । त्यो भनेको नेपाली मुद्रामा झण्डै १ खर्ब ३० अर्ब बराबर रकम हो ।

राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाइडेन चुनावी मैदानमा छन् । संसारकै शक्तिशाली राष्ट्रको कार्यकारी प्रमुखको निर्वाचनको काम पनि भइरहेको छ । झण्डै ५० लाख बढी अमेरिकीले यस निर्वाचनमा मताधिकार समेत प्रयोग गरिसकेका छन् ।

जानकारहरुका अनुसार सन् २०१६ को निर्वाचनमा ६.८ बिलियन अमेरिकी डलर खर्च भएको थियो । सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले जारी गरेको शुरुवाती अनुमानमा त्यति धेरै पैसा खर्च हुने देखिएको हो ।

मूल्यवृद्धिका आधारमा हेर्ने हो भने सन् २०१६ को निर्वाचनको तुलनामा यस पटकको निर्वाचन झण्डै ५० प्रतिशत बढी महँगो सावित हुने देखिएको छ ।

ओपन सेक्रेट डट ओआरजीको एक विवरण अनुसार फेडरल कमिटिले अब कुनै खर्च नगरे पनि अमेरिकाको निर्वाचन सबैभन्दा बढी महँगो साबित भइसकेको छ । फेडरल कमिटिले हालसम्म ७.२ बिलियन डलर खर्च गरिसकेको छ । उक्त तथ्यांक १५ अक्टोबरसम्म अझै बढ्न सक्छ ।

उम्मेदवारले १ जुलाईदेखि ३० सेम्टेम्बरसम्मको तेस्रो चरणमा गरेको खर्चको विवरण सार्वजनिक गर्नेछन्, तब खर्चको थप वास्तविक हिसाब पनि सार्वजनिक हुनेछ ।

भारतको सबैभन्दा महंगो निर्वाचन भनिएको भारतको सन् २०१९ को लोकसभा निर्वाचनलाई समेत धेरै पछाडि छाडेर अमेरिकी निर्वाचन सबैभन्दा खर्चिलो सावित भएको छ । विवरणमा सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका कार्यकारी निर्देशन शीला क्रमहोजका अनुसार २०१८ को चुनवामा फण्ड जुटाउने काममा नै रेकर्ड तोडिएको थियो ।

यस पटक झनै सबै प्रकारका रेकर्ड तोडिने निश्चित भएको छ । यो निर्वाचन हालसम्मको इतिहासकै सबैभन्दा महंगो निर्वाचनमा सामेल हुने भएको छ ।

अझै खर्च रोकिएको छैन । निर्वाचनसम्म अझै खर्च हुनेवाला छ । सेन्टरका अनुसार एक सय आठ बिलियन डलर खर्च हुने अनुमान गरिएको थियो । यो कुनै सामान्य निर्वाचन होइन । अन्तिम नजितामा अझै बढ्न सक्छ ।

डेमोक्रेटिक उम्मेदवार जोन वाइडेनले पहिलो प्रसिडेण्टल क्याम्पियनमा १० मिलियन डलर बराबरको फण्ड जुटाउने जानकारी दिएका थिए । काँग्रेस कब्जा गर्नका लागि नै सबैभन्दा बढी खर्च भइरहेको छ । उक्त खर्च समेत पाँच सय ६० करोडको आँकडा पार गरिसकेको छ । यो पछिल्लो राष्ट्रपति निर्वाचनको तुलनामा ३७ प्रतिशत बढी हो ।

दुई पार्टीले नै पैसा जम्मा गर्ने काममा एकअर्कालाई कसरी पछार्ने भनेर लागिपरेका छन् । डेमोक्रेटिक उम्मेदवारले पाँच सय ३४ मिलियन डलर जम्मा पारेका छन्, जबकी, रिपब्लिकनले मात्रै चार सय २४ मिलियन डलर जम्मा गरेका छन् । सिनेटको दौडमा डेमोक्रेटले तीन सय ३३१ मिलियन डलर जुटाउँदा रिपब्लिकनले दुई सय ८० मिलियन डलर जुटाएका छन् ।

कोभिड १९ को महामारीमा भइरहेको राष्ट्रपतीय निर्वाचन कार्यक्रममा पैसा खर्च गर्ने तौर तरिकामा भने फरक आएको छ । यस पटक सञ्चार माध्यममा नै बढी पैसा खर्च भएको छ । ट्रम्प तथा वाइडेन दुवैले भर्सटाइल अनलाइन एड बनाएर खर्च गरिरहेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल, टेलिभिजन तथा पत्रपत्रिका सबैमा खर्च गरेका छन् । के कसरी मतदातालाई आकर्षित गर्न सकिन्छ भन्ने बारेमा उनीहरु जोड तोडका साथ लागिपरेका छन् ।

यस पटकको निर्वाचनमा डेमोक्रेटले रिपब्लिकनलाई पछाडि छाडिदिएको छ । हालसम्म भएको खर्चको आधारमा डेमोक्रेटसले ५४ प्रतिशत खर्च गर्दा रिपब्लिकनले मात्रै ३९ प्रतिशत खर्च गरेको छ । त्यसमा अर्बपति ब्लूमवर्ग लगायतले गरेको खर्च समेत जोडिएको छ । (एजेन्सी)