पूर्वप्रधानमन्त्री ओली च्यासलको पार्टी कार्यक्रममा अनुपस्थित

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य अवस्थाका कारण आज च्यासलस्थित पार्टी कार्यक्रममा सहभागी हुन सकेनन्।

पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहे पनि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपस्थित हुन नसकेको जानकारी पार्टी स्रोतले दिएको छ।

च्यासलमा जारी कार्यक्रममा पार्टीका अन्य शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् भने अध्यक्ष ओलीको अनुपस्थितिले कार्यक्रम प्रभावित नभएको बताइएको छ।

यसअघि चैत १४ गते उनी पक्राउ परेका थिए र १३ दिनपछि रिहा भएका थिए। पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया पश्चात् वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका ओली हाल काठमाडौँको गुण्डुस्थित आफ्नै निवासमा आराम गरिरहेका छन्।