महान्यायाधिवक्ता डा.कँडेलविरुद्धका उजुरीमाथि सुनुवाइ जारी

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका उजुरीमाथि सुनुवाइ सुरु भएको छ । तीनवटै उजुरीको न्यायाधीश कुमार रेग्मीको इजलासमा केही बेर अघि देखी सुनुवाइ सुरु भएको हो ।

महान्यायाधिवक्ता कँडेलको नियुक्ति असंवैधानिक दाबी गर्दै अधिवक्ताहरू माधव कुमार बस्नेत,दिपकराज जोशी शिवराज बरालसमेत लगायतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

अयोग्य व्यक्तिलाई महान्यायाधिवक्ताजस्तो पदमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख छ। कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको रिट निवेदकको दाबी छ।