राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेका छन्।

अध्यक्ष लिङ्देनले शुक्रबार कार्कीलाई केन्द्रीय सदस्यसहित पार्टीमा सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्।

निर्णयसँगै उनले कार्कीले हालसम्म पार्टीको जिम्मेवारीमा रहेर गरेको योगदानप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।