काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे सर्वसम्मत निर्वाचित भएका छन्। सोमबार दलको कार्यालय सिंहदरबारमा बसेको बैठकबाट उनी निर्वाचित भएका हुन्।
त्यसअघि कांग्रेस कार्य सम्पादन समितिले उक्त प्रस्ताव संसदीय दलमा लैजाने सुझावसहितको निर्णय गरेको थियो।







