पहिरोले कान्तिलोकपथ र अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौँ र हेटौँडा आउ-जाउ पूर्णरूपमा अवरुद्ध भएको हो ।

यसैगरी, पहिरोले नै अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात आवागमन प्रभावित भएको छ ।