काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा प्रारम्भ भएको छ।
पार्टी प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिँदै संगठनात्मक तथा नीतिगत विषयमा छलफल केन्द्रित हुने बताएका छन्।
बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा २०८३, आगामी महाधिवेशनका लागि कार्यविधि २०८३ तथा संसदीय दलको विधान संशोधनसँग सम्बन्धित विषयहरू मुख्य एजेन्डाका रूपमा समेटिएको जनाइएको छ।







