काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सोमबार भट्टलाई उपस्थित गराउन आदेश दिएको हो ।
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ गरेपछि भट्टका तर्फबाट उनकी श्रीमती आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै भट्टलाई पनि उपस्थित गराउन निर्देशन दिएको हो ।







