मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

असोज, २५ कर्णाली । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन्।

आइतबार दिउँसो नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

मुख्यमन्त्र शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका हुन् ।