सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही आएका छन् । उनी त्यहाँ ३ दिनसम्म स्थानीय तहमा भेटघाट तथा अन्तरक्रियामा सहभागी हुने बताइएको छ
निर्वाचनमा हार-जित जे भए पनि सधैँ सर्लाहीका जनताको साथमा रहने प्रतिबद्धता जनाउँदै आएका उनले जिल्लाबासीको समस्या बुझ्न, सुझाव लिन तथा प्रत्यक्ष संवाद गर्ने बताइएको छ ।
कार्यक्रमअनुसार आज बागमती नगरपालिका, २६ गते बरहथवा नगरपालिका र २७ गते हरिवन नगरपालिकाका विभिन्न वडा तथा बस्तीमा पुगेर स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया राखिएको छ ।
यसअघि पनि उनले चक्रघट्टा गाउँपालिकाका विभिन्न वडा तथा गाउँमा पुगेर अन्तरक्रिया गरेका थिए ।
आज दिउँसो बागमती नगरपालिका-११, पुतलीचोकमा भूमिहीन तथा सुकुमबासीसँग अन्तरक्रिया, र्याली तथा कोणसभामा उनी सहभागी हुने श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले जानकारी दिए ।







