अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी-८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए।

उनका अनुसार दुर्घटनामा उद्धार कार्य चलिरहेको छ । स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए। घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।