काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधि सभा बैठकमा नजाने भएका छन्।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो।
प्रधानमन्त्री भएपछि बालेन्द्रले अहिलेसम्म संसदमा सम्बोधन गरेका छैनन्, नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री नबोलेको यो सम्भवतः पहिलो पटक हो।







