प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीको विरोध, सदनमा राजीनामाको माग

काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने क्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्।

नीति तथा कार्यक्रमसँग सम्बन्धित प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्नेमा बैठकमा अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन्।

बुधबारदेखि नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउने कार्यसूची तय भएको थियो। तर प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ प्रस्तुत गर्ने तयारी भएपछि विपक्षी सांसदहरूले सदनमा विरोध जनाएका थिए।

प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गर्दै विपक्षी सांसदहरूले बैठकमा अवरोधसमेत गरेका छन्।