काठमाडौँ : नेपाल प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा भएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको छ ।
इलाका प्रहरी कार्यालय कटारीमा उपेन्द्र पोखरेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उमेश जोशी, मनाङमा कोपिला चुडाल, पूर्वी रुकुममा खुमानन्द पाण्डे, इलाका प्रहरी कार्यालय बर्दिबासमा गुरु प्रसाद तिम्सिनालाई पठाइएको छ । जुम्लामा चिरञ्जीवी दाहाल, सल्यानमा दीपक पातली, प्रहरी वृत्त थानकोटमा दीपककुमार केसी, प्रहरी वृत्त कालिमाटीमा नरेश कुमार सिंह र सोलुखुम्बुमा नविन राज बुढाथोकीलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त थिमीमा निशान थापा, रोल्पामा पञ्चकुमार बाखु, सिरहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा पुरुषोत्तम प्रसाद पाण्डे र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जामा प्रताप पौडेललाई पठाइएको छ । जाजरकोटमा बुद्धिसागर पुरीलाई पठाइएको छ ।
डीएसपी राकेश थापालाई इलाका प्रहरी कार्यालय बनेपा, राजबावु महर्जनलाई ओखलढुङ्गा र राजन कार्कीलाई म्याग्दी पठाइएको छ । रामचन्द्र तिवारीलाई मुस्ताङ, प्रहरी वृत्त सातदोबाटोमा वकिलबहादुर सिंह, बाजुरामा शैलेश्वरी बोहरा, दैलेखमा श्रवणकुमार बिक र रामेछापमा सन्तुलालप्रसाद जैसवारलाई पठाइएको छ ।
झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीमा सन्तोष पाठक र इलाका प्रहरी कार्यालय दमकमा हरिबहादुर बस्नेतलाई पठाइएको छ ।



















