एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

भक्तपुरको गुण्डुमा बैठक बसिरहेको हो । पार्टीको संगठनात्मक तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जनाइएको छ।