सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको ५ बुँदे विमति, आन्दोलन घोषणा

 काठमाडौं – सर्वोच्च अदालतमा उत्पन्न घटनाका सम्बन्धमा नेपाल बार एशोसिएशनले ५ बुँदे विमति राख्दै आन्दोलन घोषणा गरेको छ ।

आज बसेको बारको बैठकले दरपीठमाथिको निवेदन विना कारण दर्ता नगरी त्यत्ती राख्नु न्यायमा अवरोध पुर्‍याउने काम भएको ठहर गरेको छ ।

कामु प्रधानन्यायाधीशको आदेश समेत पालना नहुनु प्रशासनको रवैया असाधारण मात्रै नभएर ऐतिहासिक भूल भएको बारको भनाई छ ।

बारले जेठ ५ गते दिउँसो सवा एक बजे लालटिन बालेर अदालत प्रशासनको हर्कतको विरोध गर्ने निर्णय पनि गरेको छ ।

699503148_1937600710197715_6858426397157750229_n-1779113346.png​ ​