एजेन्सी– विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित विभिन्न दश देशका विदेश मन्त्रीहरूले निन्दा गरेका छन् ।
इन्डोनेसियाको विदेश मन्त्रालयको समाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गरि निन्दा गरेको बताएको हो ।
टर्की, बङ्गलादेश, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, जोर्डन, लिबिया, माल्दिभ्स, पाकिस्तान र स्पेनका मन्त्रीहरूले अन्तर्राष्ट्रिय समुद्री मार्ग फ्लोटिला विरुद्ध इजरायली आक्रमण बारे गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ । उनीहरूले फ्लोटिलामा नागरिक जहाजहरू र मानवीय कार्यकर्ताहरूलाई लक्षित गरी गरेको शत्रुतापूर्ण कार्यहरूको निरन्तरताको निन्दा गरेका छन् ।
उनीहरूले जहाजहरूमा आक्रमण र कार्यकर्ताहरूलाई मनमानी हिरासतमा राख्नु अन्तर्राष्ट्रिय कानून र मानवीयता स्पष्ट उल्लङ्घन भएको बताएका छन् ।
मन्त्रीहरूले फ्लोटिलामा नागरिकहरूको सुरक्षाका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सबै हिरासतमा रहेका कर्मचारीहरूको तत्काल रिहाइ र उनीहरूको अधिकार र मर्यादाको पूर्ण सम्मान गर्न आह्वान गरेका छन् ।
अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो कानुनी र नैतिक जिम्मेवारी कार्यन्वयन गर्न आह्वान गर्दै मन्त्रीहरूले नागरिक र मानवीय मिसनहरूको रक्षा गर्न र उल्लङ्घन गर्नेहरूका लागि जवाफदेहिता सुनिश्चित गर्न ठोस कदम चाल्न आग्रह गरेका छन् ।
सोमबार, इजरायली नौसेना बलले ग्लोबल सुमुद्री क्षेत्र फ्लोटिलाका जहाजहरूलाई गाजा पुग्नबाट रोकेको इजरायली मिडियाले रिपोर्ट गरेका छन् ।







