कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।

उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सांसदहरूसँग आज छलफल गर्न लागेका हुन् ।

कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजेदेखि छलफल सुरु हुने छ । सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सहभागी हुन काठमाडौँमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ । बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुने बताइएको छ ।

सूचनामा सांसदहरूसँगको छलफलको एजेन्डाबारे भने केही खुलाइएको छैन ।