रजिष्ट्रारमा सुवीर सिंहको नियुक्तिसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सबै पदाधिकारी पदपूर्ति

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को रजिष्ट्रार पदमा प्रा. डा. सुविर सिंह नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीको जेठ ७ गतेको निर्णयानुसार डा. सिंहलाई रजिष्ट्रारको जिम्मेवारी सुम्पिएको हो ।

नयाँ रजिष्ट्रारको नियुक्तिसँगै रामपुर, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय नेतृत्व तथा विषयगत संकायहरूले पूर्णता पाएका छन् । यसअघि विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. होम बहादुर बस्नेत नियुक्त भइसकेका छन् ।

संकायहरूमा नयाँ डीनको जिम्मेवारी

विश्वविद्यालयको प्रशासनिक तथा प्राज्ञिक सुदृढीकरणका लागि विभिन्न संकाय तथा निर्देशनालयहरूमा पनि नयाँ पदाधिकारी टोली तोकिएको छ । जसअनुसार:

  • कृषि संकाय: डीन पदमा प्रा. डा. सुन्दर तिवारी
  • पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय: डीन पदमा डा. शंकरराज बर्सिला
  • वन विज्ञान संकाय: डीन पदमा डा. गान्धिव काफ्ले

निर्देशनालय तथा केन्द्रहरूमा निर्देशक नियुक्त

यसैगरी विश्वविद्यालय मातहतका प्राविधिक तथा अनुसन्धान केन्द्रहरूलाई गतिशील बनाउन निर्देशकहरूको समेत जिम्मेवारी बाँडफाँड गरिएको छ । नवनियुक्त निर्देशकहरू निम्नलिखित रहेका छन्:

  • अनुसन्धान तथा प्रसार निर्देशनालय: निर्देशक पदमा डा. उज्जल तिवारी
  • जैविक प्रविधि केन्द्र: निर्देशक पदमा डा. हिमाल लुइँटेल
  • पाठ्यक्रम विकास केन्द्र: निर्देशक पदमा डा. अनिल कुमार तिवारी