नेपालमा कोरोनाबाट थप २ महिला र ७ पुरुषको मृत्यु (विवरणसहित)

मृत्यु हुनेको संख्या ६४५ पुग्यो

असोज, २६ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कुल संक्रमितको ० दशमलव ५८ प्रतिशत हो । आज मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।