झन्डै साढे तीन सय कोरोना संक्रमित गम्भीर अवस्थामा

असोज २७, काठमाडौं ।
देशभर साढे तीन सय हाराहारी कोरोना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । कोरोना संक्रमितको संख्यासँगै देशभर आइसियू र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि बढ्दो छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार हाल तीन सय ४६ जना देशका विभिन्न अस्पतालस्थित आइसियू तथा भेन्टिलेरटमा उपचार गराइरहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार ६७ जना भेन्टिलेटर र दुई सय ७९ जना कोरोना संक्रमित आइसियूमा उपचार गराइरहेका छन् ।