मृत चितुवा फेला पर्यो

असोज २७, तनहुँ ।
जिल्लामा एक चितुवा मृतावस्थामा फेला परेको छ । शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो ।

भाले चितुवा मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा सात वटा चितुवा मृत भेटिइसकेका छन् ।

डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो । (रासस)