एमाले अध्यक्ष ओलीले गरे दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन

काठमाडौँ – नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु भएको छ ।

केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उद्घाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उद्घाटन गरेका हुन् ।

काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशाला ​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको बताइएको छ ।

​कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू र पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित रहेको एमालेले जनाएको छ ।