रोल्पाको माडीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ ।

जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।