दशैं गीत ‘आउँछु भन्थेँ’ सार्वजनिक

असोज, २८ काठमाडौं । गीतकार विष्णु गैरेको दशैं गीत सार्वजनिक भएको छ। हरि लम्सालको संगीत र स्वर रहेको दशैं गीत ‘‘आउँछु भन्थेँ’ सार्वजनिक भएको हो।

भिडियोमा पछिल्लो समय चर्चामा रहेका जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलियालगायतका कलाकारहरुको अभिनय रहेको छ।

भाइब्रेसन मिडियाको युट्युबमार्फत सार्वजनिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्।