४ दिनका लागि नेपाल पर्यटन बोर्डका कामहरु बन्द

असोज, २८ काठमाडौं । नेपाल पर्यटन बोर्डका कामहरु ४ दिनका लागि बन्द गरिएको छ । बोर्डमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो ।

बोर्डमा गत असोज २५ र २६ गते केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएका अन्य कर्मचारीहरुमा कोरोना संक्रमणको जोखिम भएकाले ट्रेकिङ प्रमिट बाहेकका सेवाहरु बन्द गरिएको बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए ।

साथै कार्यालयको निर्मलीकरण तथा कोरोना परीक्षण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयभित्र कुनै किसिमको भेटघाट तथा कार्यक्रम नगर्ने नगराउने समेत उनले बताए ।