काठमाडौं, जेठ २३ : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ती गरेको हो ।
बोर्डको अध्यक्ष बन्नका लागि दश जनाले आवेदन परेता पनी मन्त्रिपरिषद्दमा दयारामसहित भुवन केसी र राजेश थापाको नाम सिफारिस भएको थियो।







