दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक

काठमाडौँ – फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘ए’को खेलमा दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिका १-० गोलसहित विजयी भएको छ।

पहिलो हाफमा दुवै टोलीले गोलको खाता नखोले पनि दोस्रो हाफमा दक्षिण अफ्रिकाले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो। 

यो जितसँगै दक्षिण अफ्रिकाले ४ अंक जोडेको छ।  यो समूहबाट भर्खरै हार बेहोरेको दक्षिण कोरियाको ३ अंक छ। 

समूह विजेता बनेको मेस्किकोको ९ अंक छ। 

केही बेर अघि मात्रै सकिएको समूह ‘ए’कै अर्को खेलमा चेक गणतन्त्रविरुद्ध मेक्सिको ३-० ले विजयी भएको थियो।