पछिल्लो २४ घण्टामा उपत्यकामा १४०३ जना संक्रमित थपिए

असोज २८, काठमाडौं । पछिल्लो विवरण अनुसार उपत्यकामा थप १४०३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।