काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीका लागि उम्मेदवारी दिएकी रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।
केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिइन् । उनले विपिन आचार्यलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्।
यसअघि पूर्व महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए । यो सूचीमा अर्की उम्मेदवार रञ्जु दर्शना पनि थपिएकी छिन् ।







