गोरु काट्ने १० जना प्रहरी नियन्त्रणमा

असोज २९, बाग्लुङ ।
गोरु काट्ने १० जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले पक्राउ गरेको छ ।

ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको उनले जानकारी दिए ।