प्राध्यापक डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले डा. थापालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।

डा. थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यसम्पादन गरिसकेका छन्। उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

उनको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक नेतृत्वको जिम्मेवारी डा. थापाले सम्हाल्ने भएका छन्।