सोह्रखुट्टे स्थित किरीयाकर्म चलिरहेको एक घरमा ग्यास विष्फोट : ११ जना घाइते, २ जना गम्भिर

असोज, २९ काठमाडौं । काठमाडौंको सोह्रखुट्टे स्थित नयाँबजार क्षेत्रको एक घरमा ग्यास विष्फोट भएको छ ।

यहाँ स्थित नीलकुमारी क्षत्रीको घरमा ग्यास लिक भएर आगलागि भएर ४ वटा ग्यास विष्फोट भएको प्रहरीले जनाएको छ ।

नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल मृत्यु संस्कार (किरीयाकर्म) भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरसमेत क्षति पुगेको प्रहरीले जनाएको छ ।