हातमा का’लो पट्टी बाँधेर मैदानमा किन उत्रियो अर्जेन्टिना ?

काठमाडौँ । पूर्वकप्तान एन्टोनियो राटिनप्रति श्रद्धाञ्जली व्यक्त गर्न अर्जेन्टिनाका खेलाडीहरूले कालो पट्टी लगाएका हुन्। अर्जेन्टिनी फुटबलका महान मिडफिल्डर राटिनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो।

राटिनले सन् १९६६ को फिफा विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरेका थिए र उनी देशका चर्चित फुटबल व्यक्तित्वमध्ये एक मानिन्छन्।