प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघसँग छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्ने भएका छन्।

केही बेरमा सुरु हुने बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, उद्योग–व्यवसायमा महिलाको सहभागिता विस्तार, नीतिगत सुधार तथा उद्यमीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।